गंड्यौला पालन




जुठोपुरो खेरै जांदैन । आगन घुरेनका एकाछेउमा उम्रिएका झार उखेलेरै हालिदिए पनि भइहाल्छ । चुल्हो जुठेल्नामा उम्रिएको माल बस्तु पनि काममै आउंछ । चारो खोज्ने धेरै काम घरभित्रै सकिन्छ । कमाइ पनि रामै्र छ । ठाउं पनि ठुलो र राम्रो चाहिएन । गड्यौलाको मल बेचेर नुन भुटुन, साबुन सलाईको गर्जो मनग्गे टारिरहका छन् शरणार्थीहरुले ।
सहायता संस्था लुथरन बिश्व महासंघले अहिले शरणार्थी शिविरहरुमा चलाइरहेको करेसाबारी कार्यक्रमको अर्को पाटोको रुपमा गड्यौला खेती उन्नत अभ्यासको रुपमा फस्टाइरहेको छ । ४० घर धुरीमा भाडा भांडामा फोहोर खांदै कमाइको माध्यम बनेकाछन गड्यौला शरणार्थी शिविरमा । शिविरकै अगुवा गड्यौला कृषक अगमसिंह र्राई ।
शरणार्थीहरुलाई सानो तिनो आयस्ताको कामको ठुलो महत्व छ । चर्को खडेरी भोगीरहेको जीवनको लागी दर्ुइ चार रुपैंयाको आम्दानी नै त्राण हुनसक्छ । जांगर तह लगाउने कुनै घुरेन घडेरी नभए पनि कतिपय शरणार्थी परिवारले घर भित्रै साना प्लाष्टिकका भाँडामा गंड्यौला पालेर जीवन सजिलो बनाउने प्रयास गरिरहेका छन् ।
बेलडांगी १ का रन बहादुर मगरले बांसका भाटाको बिजाउने बिच्छ्यौनामा सुत्न थालेको १७ वर्षनाघ्यो । त्यही अभावको बिच्छ्यौना मुनी तीनवटा झारपात भरिएका प्लाष्टिकका भांडा राखिएकाछन् । गड्यौलाले उनको परिवारको जुठो खाएर प्लाष्टिकको भांडामा बनाएको एक किलो मल आलु फलेको सिजनमा बेचियो भने १० किलो आलु आउंछ । बेच्न कुनै हाट जानै परेन । प्लाष्टिकका प्याकेटमै तौलेर पोको पारे पछि किन्नेलाई पनि सजिलो । शरणार्थी शिविरमा बलेंसी वरिपरी सागपातका बिरुवाका फेदमा जतनसंग हाले पछि निक्कै मज्जासंग सागपात फस्टाउंदोरहेछ । धेरैजसो त शिविरमै बिक्छ ।
शिविरमा अभाब र बेकारी छ । फुर्सद छ तर अभाब छ । दिनभरी व्यर्थ बस्दा कुनै उन्नतीको संभावना रहन्न । तर अभावका बीच पनि साना तिना इलमका अभ्यासमा शरणार्थी लागेकै छन् । अगमसिंह र्राईलाई त आफ्नो जुठो खाएर गड्यौलाले फसलको रुपमा दिएको मल सम्झिँदा गंड्यौलाको औधि माया लाग्छ ।
फुर्सद तह लगाउन र थोरै तिनो आयस्ता गर्न अनेक उपाय हुन सक्छन् । उभ्रिएको खान्कि र झार पात त्यसै खेर गएरहेका हुन्थे । तर तिनै खेर गइरहेका चिज जम्मा गरेर गंड्यौलाले खानेगरी गड्यौला राखेको भांडासंगै राखिदिएपछि चामल भन्दा महङ्गो भाउ पर्ने मल बन्दोरहेछ ।

Comments