विदेशमा बस्ने नेपालीको आशा

अचानोको पीर खुकुरीलाई के थाहा भनेझै ंविदेशमा बस्नुको पीडा स्वदेशकाले बुझ्न सक्दैनन् । घर परिवारको विछोडको, छरछिमेकको सम्झनाले हर पल सताइरहन्छ । मेरो अमेरिकाको बसाइ २ महिना बितिसक्यो तर पनि मलाई नेपालमै छु जस्तो लाग्छ । यहा“को एक्लो अनि व्यस्त जीवनदेखि समय समयमा हतास पनि हुन्छु । बिहान उठ्नासाथ नेपालको समाचार पढन हतारिन्छु । नेपाली गीत संगीत अनि इन्टरनेटमा राखिएका नेपाली कार्यक्रम हेरेर मन बहलाउ“छु । नेपालीस“ंग भेट हु“दा त साह्रै रमाइलो लाग्ने भइहाल्यो, नेपालीजस्तो अनुहार परेको मान्छे देख्दा पनि कतै नेपाली नै हो कि भनी नेपाली बोल्न थाल्छु । दर्ुइ-चारपटक त झुक्किएको पनि

छु । माइती गाउ“को कुकुर पनि प्यारो भन्ने भनाइ यहा“ आएदेखि महसुस भएको छ । देशको माया त विदेशमा आएपछि अझ बढी लाग्दो रहेछ । त्यहा“को महत्त्व पनि बढी नै बुभि“mदो रहेछ ।

आफ्नै देशमा शान्ति सुरक्षा र रोजगारीको अवसर पाउने हो भने कोही नेपाली रहरले बिदेसि“दैनन् होला । नेपाली परिवार भेट भएको समय होस् वा फोन वार्ता भएको क्षण होस् पहिलो प्रसंग नेपालकै हुन्छ । अनि सुरु हुन्छ स्वदेशको कुरा । अमेरिकाको वायमिङ राज्यमा बस्ने लक्ष्मी डा“गी संविधानसभाको चुनावपछि नेपालमा अहिलेजस्तो असुरक्षा र द्वन्द्वको स्थायी समाधान हुने भयो भन्ने कुरामा आशावादी भएको बताउ“छिन् । अबचाहि“ देशमा शान्ति र विकासको आशा पलाएको उनको भनाइ छ । वासिङ्टन डीसीकी प्रतिभा आचार्य आउ“दा दिनका कुनै पनि नेपाली जनताले अहिलेको जस्तो अभाव असुरक्षा भोग्न नपरोस् भन्ने कामना गर्छिन् ।

गगनचुम्बी भवन हर्ेन र आकासे पुलबाट गाडी गुडेको दृश्य अचम्म मान्न कोही नेपाली विदेश आएका होइनन् । आफ्नो मातृभूमिमा सहज र सरल रूपमा जीवन धँन्न सक्ने भए र मन लागेको विषय अध्ययन गर्न पाउने भए कोही पनि ज्यान बाजी राखेर वैदेशिक रोजगारमा लाग्ने थिएन होला । अनि विद्यार्थीले पनि आफ्नै देशमा आफ्नो क्षमता र उत्साह देखाउने मौका पाउ“थे । ओरेगन राज्यमा पढ्ने रक्षा खतिवडाको भनाइ यस्तो छ- 'आफूलाई मन लागेको विषय नेपालमैै पढ्न पाएको भए देश छोडेर यहा“सम्म आइने थिएन ।'

२०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपछि पुरुषमात्र नभई महिला प्नि वैधानिक र संस्थागत रूपमा वैदेशिक रोजगारमा जान थालेका छन् । यसले देशको अर्थतन्त्रमा रेमिटेन्स भित्र्याएर टेवा त पुर्‍याएको छ तर बिदेसी भूमिमा दुःख र संर्घष्ा गर्नुको पीडा बिदेसिएका नेपालीले मात्र बुभmन सक्छन् । इजरायलमा काम गर्दै आएकी रेणु शर्मा नेपालमा दिगो शान्ति बहाली भए बिदेसी भूमिमा दुःख गर्ने रहर नभएको बताउ“छिन् ।

आफ्नो देशको माटो सबैलाई प्यारो लाग्छ तर नेपाली बिदेसिनुको पछाडि अनेक बाध्यता छन् । नेपालको ग्रामीण भेग युवाविहीन भएको छ । साथै महिला पनि वैदेशिक रोजगारमा प्रशस्त लागेका देखिन्छन् । जसले गर्दा कति नेपालीका छोराछोरीले आमाको न्यानो माया र बाबुको उत्साहबाट वञ्चित हुन पर्‍यो । नेपालमा दलहरूबीच समझदारीका समाचार पढ््रन र सुन्न पाउ“दा विदेशमा बस्ने नेपालीमा पनि निकै उत्साह छाएको छ । कतारमा विगत दर्ुइ वर्षेखि काम गर्दै आएका महेन्द्र बुढाथोकी पनि अरू बिदेसिएका नेपालीझैं देशमा शान्ति र विकासका लागि टाढा बसेर भए पनि पर््रार्थना गर्दै गरेको बताउ“छन् । अमेरिका, युरोपलगायत अन्य विकसित देशहरूमा पैसा र सुःख मात्र होइन रोग र दुःख पनि छ । लगभग १५ लाख नेपाली बिदेसिएका छन् । सबैलाई आफ्नो देशको चिन्ता र माया छ । चाहे उमेर पुगेको नेपाली होस वा बालक होस् आफनो देशको सम्मान नै गर्छन् । पmलोरिडाको टस्काभिल्ला स्कुलमा कक्षा ८ मा पढ्ने समीरण सिग्देल चुनावपछि नेपालमा शान्ति हुने कुरामा निकै आशावादी छन् ।

विकसित देशमा बसेका नेपाली त्यहा“को विकास प्रक्रिया र प्रणालीस“ग नेपाललाई कुनै न कुनै तरिकाबाट दा“ज्न पुग्छन् । विद्यालयदेखि विश्वविद्यालय होस् वा कुनै सपिङ सेन्टर जा“दा होस् । नेपालीको एउटै कुरा हुन्छ नेपालमा दिगोरूपमा शान्ति बहाली हुने हो र राजनीतिक अस्थिरता हट्ने हो भने देश विकास गर्न छिट्टै सकिन्छ । देशको भावनास“ग प्रत्यक्ष गा“सिएका मूल विषय र मुद्दामा राजनीतिक दल का विवाद, नेताका घमण्ड अनि शक्तिको खिचातानीले देशभित्र अशान्ति र असन्तोष निकै बढायो । यी दल र नेताका स्वार्थको भोगाइ दर्ुइ करोड नेपाली जनताले भोग्नुपरेको छ । विदेशमा सहज जीवन बिताए पनि देश र परिवारको त्यति नै चिन्ता बिदेसिएका नेपालीलाई छ । विदेशमा बस्ने नेपालीको एउटै कामना छ अब नेपालमा दिगो रूपमा शान्ति छाओस्, राजनीतिक अस्थिरता हटोस् र संविधानसभाको चुनावले विकासको वृक्षारोपण गराओस् ।

Comments