औंलाले नचाउनोस् संसार

कहाँ तुर्लुङ्ग तार झुन्डिएको फोन, पकेटमै बज्छ सेल फोन । चिठीका लागि केको घरको ठेगाना, इमेल नै काफी छ नि ! ढ्याब्रे डिस्कम्यान डस्टबिनमा फाल्नोस्, अनि लिनोस् चिटिक्क परेको एमप्रि्री । दुनियाँमा के भइरहेछ - लिनोस् न पी-फोर कम्प्युटर, इन्टरनेट जोड्नुस् कोठामै बसेर दुनियाँ चहार्नुस् ।

उपचारका लागि अस्पताल जानुपर्दैन, टेलिमेडिसिन आइसक्यो । अध्ययनका लागि केको विश्वविद्यालय इ-लर्निङ छँदै छ । सात समुद्रपारि बेलायत वा अमेरिकाको कलेजमा पढ्ने रहर लाग्यो भने सूचना प्रविधिको प्रयोगले नेपालमै बसेर ड्रि्री पाउन सकिन्छ । पैसा झिक्न बैंक जानुपर्ने झन्झट एकादेशको कथा भइसक्यो, गोजीमा भएको डेबिट कार्ड, क्रेडिट कार्ड मेसिनमा घुसाउँदा बर्रर पैसा र्झछ । त्यत्ति मात्र कहाँ हो र, कागजको पैसाको पनि के काम - इलेक्टि्रक नोट आइसक्यो बजारमा ।

सूचना तथा सञ्चार प्रविध्रि्रति अनभिज्ञहरूका लागि यो सबै सपना जस्तो लाग्न सक्छ, तर विदेशको मात्र के कुरा † तस्बिर यही हो डिजिटल बन्दै गएको नेपाली समाजको पनि । यो सब सहरिया नेपालीको गफ हो भन्ने तर्क पनि आउनसक्छ । तर, कम्प्युटर एसोसिएसन अफ नेपालका महासचिव राजनराज पन्त प्रतिवाद गर्छन्, 'ग्रामीण जनता पनि सूचना प्रविधिमा कम छैनन् ।' क्यानले नै ३७ जिल्लामा शाखा पुर्‍याइसकेको छ ।

एउटा भाँडोको चर्चा गरौं, रेडियो सुन्न होस् या टेलिभिजन हेन, अथवा पत्रिका पढ्न, त्यही भाँडो काफी छ । त्यो 'आधुनिक कल्पवृक्ष' को नाम हो कम्प्युटर । कुनै विषयमा छलफल गर्न मन लागे डिजिटलमय चौतारी छन । साथी खोज्न मन लागे फेसबुक, ओरकुटजस्ता सामाजिक सञ्जाल छन् । दूरदराजमा बस्नुस् या सुविधासम्पन्न सहरमा । विश्वका कुनै पनि कुनाका व्यक्तिसँग तपाईंको सहजै सर्म्पर्क बनाइदिन्छ यसैले । भौगोलिक रूपमा अजंगको विश्व सूचना तथा सञ्चार प्रविधिका अगाडि गोजीपात्रोको हैसियतभन्दा माथि छैन ।

अचम्मै बनाईदिएको छ, यो सूचनाप्रविधिले मानिसको दैनिकी । हिजोका सपना फटाफट यथार्थ बनेर तपार्इं-हाम्राअगाडि टुप्लुक्क आइरहेका छन् । अनि, हामी सहजताका साथ स्वीकार गरिरहेका छौं, आफैलाई नचिमोटिकनै । कम्प्युटर एसोसिएसन अफ नेपालका महासचिव राजनराज पन्त भन्छन्, 'अब त नेपाल डिजिटलमय बन्दैछ ।'

त्यो फुच्चे मोबाइललाई नै हेर्नुस् त, यसले के-केलाई डाँडा काट्न बाध्य बनाइसकेको छ । बिहानै उठाउने बेडअर्लाम, समय बताउने घडी, सन्देश पठाउने सम्बाहक । गीत सुन्ने कि फिल्म हेर्ने सबै सुविधा यसैमा । हिसाब गर्न क्यालकुलेटर । अल्छी लागे गेमको सुविधा । नोटबुक । पत्रिका पढ्न मन लाग्यो कि दुनियाँको सामग्री खोज्न इन्टरनेट पनि त्यसैमा । बाफ् रे बाफ्, के-के हो के-के † काल्पनिक हजार ज्रि्रोवाला शेषनाग भनेको मोबाइल नै हो कि क्या हो ?

नेपाल टेलिकम र मेरो मोबाइलका प्रयोगकर्ता जोड्ने हो भने मोबाइल प्रयोगकर्ताको संख्या २० लाख नाघिसक्यो । नेपाल टेलिकमले सुरु गरेको स्काइफोन प्रयोगकर्ताको संख्या त छँदैछ ।

टेलिकमकै सिडिएम फोनले त ग्रामीणक्षेत्रमा धुम नै मच्चाएको छ । नेपाल टेलिकम मोबाइल सेवाका प्रबन्धक लोचनलाल अमात्य भन्छन्, 'सिडिएमए त अहिले किसानको मोबाइलको रूपमा चर्चामा छ ।'

सा“च्चि, मोबाइल यो दुनियाँबाट एकाएक गायब भयो भने के गर्लान् यसका 'युजर' - पत्रकार आभाष कर्माचार्य भन्छन्, 'नचाहिने प्रश्न नगरौँ, यो त कल्पनै गर्न सकिँदैन ।' लौ हेर्नुस् त, हिजोसम्म पकेटमा मोबाइलसहित जीवनको कल्पना गर्नसमेत हम्मे थियो, अहिले मोबाइलरहित समाजको कल्पना गर्न त्यस्तै हम्मे छ ।

अब लागौँ, कम्प्युटरतिर । कम्प्युटर र नेपालको सम्बन्ध हर्ेर्ने हो भने विसं ०२८ सालतिर पुग्नैपर्छ । इतिहास पल्टाएर हेदा ०२८ सालको राष्ट्रिय जनगणनाका लागि आइबिएम १४०१ मोडलको कम्प्युटर नेपाल भित्रिएको थियो । ०३८ सालमा सिंहदरबारभित्र राष्ट्रिय सूचना केन्द्र स्थापना भइसकेको थियो । पञ्चायतकालको बन्द समाजका कारण यो जादुगरी दुनियाँ नेपालमा मौलाउन सकेन । सन् १९९५ पछि नै हो, नेपालमा कम्प्युटर र इन्टरनेटको सञ्जाल छाएको । अनि डिजिटल 'एक्सेसरिज'ले मानिसलाई बन्दी बनाउँदै लगेको ।

अहिले सहरी क्षेत्रका प्रायः सबैको कोठामा कम्प्युटर देखिन्छ नै । बाध्यताले होस् या करले, सबैको कोठामा कम्प्युटर सजिएको छ । ००७ सालपछि रेडियो समाजमा प्रतिष्ठाको विषय थियो । ०४० पछि टेलिभिजन बन्यो प्रतिष्ठाको साधन । अहिले त्यस्तै प्रतिष्ठाको विषय बनेको छ कम्प्युटर ।

तर के कम्प्युटरको पूर्ण उपयोग भएको छ त - नेपालीको घरमा कम्प्युटरको राज बढ्दै गए पनि त्यसैको अनुपातमा प्रयोग भने छैन । पुतलीसडकका कम्प्युटर व्यापारी नारायण भट्ट कत्तिले त देखाउनका लागिमात्र पनि कम्प्युटर किन्ने गरेको अनुभव सुनाउँछन् । 'घरमा भएको कम्प्युटरमा हद्द गरे टाइप गर्छन्, गेम खेल्छन् अनि इन्टरनेट भए च्याटमा समय बिताउँछन् ।'

चावहिलकी सानु गौतमको अनुभवबाट नेपाली मानसिकता पढाै न त । 'घरमा आएका पाहुनाले 'लौ तपाईंकहाँ कम्प्युटर पनि छैन -' भनेर हैरान गरेपछि किन्न बाध्य भइयो,' उनले सुनाइन्, 'अहिले मज्जा आइरहेको छ । छोराले गेम खेल्छ, म टाइप गर्ने भइसकेँ । अमेरिकामा रहेको भाइको न्यास्रो लाग्यो भने च्याटमा न्यास्रो मेट्छु ।'

तर बढ्दो कम्प्युटर संस्कृतिबाट बिक्रेता भट्ट भने मक्ख छन् । कम्प्युटरबजारको दोस्रो तलामा भेटिएका उनले भने, 'कुनै न कुनै दिन त उपयोग गलान् नै ।'

अब लागौँ, इन्टरनेटको दुनियाँमा । नेपालमा ३३ वटा इन्टरनेटप्रदायक कम्पनी मैदानमा छन् । इन्टरनेट सेवाका लागि डायलअप प्रविधिमा निर्भर नेपाली अब केबलमा छिरिसकेका छन् । वायरलेस प्रविधि ग्रामीण तहसम्म पुगिसकेको छ । स्काइफोनमार्फ् ६४ जिल्लामा सहजै इन्टरनेट चलाउन मिल्ने सुविधा थप भएपछि इन्टरनेटका पारखीका लागि थप सहज बनेको छ, सूचना तथा सञ्चार प्रविधिको दुनियाँमा प्रवेश ।

तथ्यांक भन्छ, 'सन् १९९८ मा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करिब ७ हजारको हाराहारीमा थियो । इन्टरनेट वल्ड स्टयाटिक्सका अनुसार सन् २००० मा यसको संख्या ५० हजार पुग्यो, अनि सन् २००७ को अन्त्यमा २ लाख ५९ हजार । यसैले देखाउँछ, कसरी इ-मय बन्दैछ, नेपाली समाज ।

सूचना तथा सञ्चार प्रविधि विकासले नागरिकको सूचनाको पहुँचको विस्तार गर्ने मात्र हैन, देशको आर्थिक वृद्धिदरको खम्बा पनि बन्नसक्छ नै । नेपालको दुइ छिमेकी राष्ट्र चीन र भारतलाई हेरोँ, भारत र चीन दुवैको कुल गार्हस्थउत्पादनमा यसको योगदान १० प्रतिशतसम्म छ । चीनले हार्डवेयर र भारतले सफ्टवेयरको बजारमा दध्रि्रो पकड जमाउँदै गएका छन् । क्यानका अध्यक्ष विप्लवमान सिंह 'भारत र चीनमा काम गर्ने बहुराष्ट्रिय कम्पनीबीच पारवहनकेन्द्रको रूपमा नेपाललाई विकसित गर्नुपर्ने' बताउँछन् ।

त्यही देखेर नेपाल सरकार पनि सूचना प्रविधिको विकासमा तातेको हो । यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सूचना प्रविधि आयोग नै बनेको छ । धुलिखेलमा आइटीपार्क निर्माण भइसकेको छ । सरकारले सूचना प्रविधि नीति- २०५७ सालमै ल्याइसकेको छ ।

सूचना सञ्चार प्रविधिको यही विकासको गतिलाई समाउनका लागि सूचना तथा सञ्चार मन्त्रालयले 'हात-हातमा मोबाइल, घर-घरमा कम्प्युटर'को नीति ल्याएको छ ।

तर, सोचेजस्तो उपलब्धि पाउन अझै सकिएको छैन । 'अस्पष्ट सरकारी नीति यसको पहिलो कारण हो,' सिंहले भने, 'जबसम्म अब हामी कहाँ जाने स्पष्ट खाका कोरिँदैन, तबसम्म ताल यस्तै हो ।'

जे होस्, डिजिटलमय बन्दै गएको विश्वबजारमा नेपाल र नेपाली पनि कमचाहिँ छैनन् । हरेक शब्दको अगाडिर् इ थपिँदै गएको छ र्।र् इ-गभर्नेन्सर्,र् इ-मार्केटर्,र् इ-बैंकिङर्,र् इ-पत्रकारिता, टेलिमिडिसिन, टेलिशिक्षा इत्यादि । यसैले देखाइरहेको छैन र अबको नेपाल इ-नेपालको वास्तविक चित्र ?

(नयाँ पत्रिकाबाट)

Comments