कन्क्रिटको ओछ्यान

कुरो आजभन्दा झण्डै पन्ध्र वर्ष अघिको हो । लुम्दे (इलामको पश्चिमी गाउँ) का साँहिला काका (वुवाको सानीमाका छोरा) को विहेको निम्तो आयो । निम्तो त विहेभन्दा एक हप्ता अगाडि नै आएको थियो तर को जाने र कहिले जाने भन्ने निर्णय चाँही विहेको अघिल्लो दिनसम्म पनि हुन सकिरहेको थिएन । वुवा आफ्नै काममा व्यस्त, भाइ पनि पढाईमा भएकोले बाहिरै । म एउटा पढाइ सकेर फुर्सदमा थिएँ तर (वस्ने ठाउँमा) पिलो निस्केर थला नै परेको थिएँ भन्दा हुन्छ । विहेको २ दिन अगाडि पिलो त निचोरियो तर पनि हिँड्न सक्ने अवस्था चाहिँ थिएन दुखेर । जान मन त धेरै नै लागेको थियो तर के गर्नु त्यत्रो बाटो हिँडेर जानु पर्ने, आफू भने विरामी । तै पनि यसो विचार गरें, दुखेकै मात्र त हो नि, वरु नदुख्ने औषधि खाएर पनि हिंड्नु पर्ला । विहानको दश बजिसकेको थियो । छिट्टै नहिंडे त भोलि विहान जन्ती जान भ्याइदैन, त्यसै पनि यतिवेला हिंड्दा बेलुकाको ८-९ वजिहाल्छ । एक्लै हिंड्ने कुरा पनि भएन । एउटा साथी त चाहियो । साथी को छ त भनेर सोच्दा तल्लाघर साँल्दाइ (नाताले त भाइ नै हो तर सवैले साँल्दाइ नै भन्ने गर्छों) त छन् उनलाई नै भन्नु पर्‍यो, कतै मानि पो हाल्छन् कि । गएर सोधेको जाउँ न त मलाई पनि लुम्दे हेर्न मन लागेको छ भने । पूरा हेर्नको लागि यहाँ क्लिक गर्नु होला ।

(साभार http://richadmk.blogspot.com/)

Comments