सौगात बनिन् मिस टिन २०१९ प्रदेश १


मिस टिन २०१९ प्रदेश १ को उपाधी झापा बिर्तामोडकी सौगात तिवारीले हात पारेकी छिन् । ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको प्रतियोगिताको पाँचौ संस्करणको ताज सौगातले पहेरिएकी हुन् । १३ बर्षीया सौगात बिर्तामोडको कञ्चनजंघा इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् ।
बिर्तामोडमा सम्पन्न कार्यक्रममा २०१८ की मिस टिन ऋचा ढकालले उनलाई ताज पहराइदिएकी थिइन् ।





प्रतियोगिताको फर्स्ट रनर अप तेह्रथुमकी सितल गुरुङ्ग र सेकेण्ड रनरअप मेचीनगरकी प्रजिता श्रेष्ठ बनेका छन् । बिजेताले नगद पुरस्कारसहित उच्च शिक्षाका लागि छात्रबृत्ति हात पारेका छन् ।
त्यस्तै लिटल मिस्टर एण्ड मिस बिर्तामोडको उपाधी आश्रेया बराल र युनिस अधिकारीले हात पारेका छन् । प्रतियोगिताको फर्स्ट रनर अप अंशु कोइराला र अनमोल लुइँटेल तथा सेकेण्ड रनरअप सन्ध्या राजबंशी र सुजल कुमार गुप्ता बनेका छन् ।




मुख्य निर्णायकमा मिस्टर वर्ल्ड नेपाल अध्यक्ष जंग रायमाझी रहेको कार्यक्रमको निर्णायकमा मिस पूर्वाञ्चल पूजा श्रेष्ठ, मिस प्रोविन्स वान सुप्रिया कडरिया, एमएटि कलेजका फाउण्डर प्रिन्सीपल आरएस ढकाल, स्कूल अफ ह्याप्पीनेशका फाउण्डर हरि सिटौला, एकाडेमिसियन जेन्नी राई र मिस प्रोविन्स वानकी सेकेण्ड रनर अप सुप्रिया कोइराला रहेका थिए।

Comments