'दोबाटे' समूहको 'प्लेन ड्राइभर'




६ भदौ, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित कंचनजंघा नाट्य समूहले आफ्नो हाँस्यटेलिश्रृंखला 'दोबाटे' का कलाकारहरुद्वारा बालअधिकार सम्बन्धि नाटक 'प्लेन ड्राइभर' प्रदर्शन गराउने भएको छ ।
लुथरन विश्व फेडेरेशनको सहयोगमा भूटानी शरणार्थी र स्थानीयबीचको संस्था सामाजिक सञ्जाल मोरङले भोलि विहान ११ बजे पथरी चोकमा प्रदर्शन गर्ने नाटकमा दोबाटेका कलाकारको प्रस्तुति रहने भएको हो ।




रक्सी खाने बहानामा दलालको भरमा परेर आफ्ना बालबालिका कठोर श्रमका लागि बेचिने गरेको कुरालाई नाटकमा उतारिएको समूहका सल्लाहकार एवम् कलाकार भूपेन्द्र तिम्सिनाले जानकारी दिए।
नाटकमा तिम्सिनाका साथै अभय पोखरेल, कमला घिमिरे नेपाल, मात्रिका पौडेल, भीष्म न्यौपाने, हरेन्द्र खत्री, मनोज न्यौपाने र पंकज सापकोटाको अभिनय रहने छ ।




Comments