दमक नपाको आम्दानी घट्यो



३० साउन, दमक।
झापाको दमक नगरपालिकाले आर्थिक बर्ष२०७१/७२ मा कुल १९ करोड ७२ लाख ८९ हजार ४ सय ९१ रुपैयाँ रकम आम्दानी गरेको छ ।
नगरपालिकाले बार्षिक समिक्षा गोष्ठीको आयोजना गर्दै आन्तरिक र बाह्य स्रोतका बिभिन्न शिर्षहरुमा सो रकम आम्दानी गरेको जनाएको हो ।
बहाल कर, ब्यवसाय कर, पटके कर, सम्पती कर, पशुहाट कर, सवारी पार्किङ कर लगायतका आन्तरिक आम्दानीका स्रोत शिर्षकमा कुल ४ करोड २९ लाख ७४ हजार ६ सय ११ रुपैयाँ संकलन भएको छ ।




त्यस्तै स्थानीय बिकास शुल्क चालु, स्थानीय बिकास शुल्क एलजिसिडिपी चालु, पशुहाट सुधार, फोहारमैला ब्यवस्थापन लगायतका बाह्य आम्दानीका स्रोत शीर्षकमा १५ करोड ४३ लाख १४ हजार ८ सय ८० रुपैयाँ रकम संकलन भएको जनाइएको छ ।
नगरपालिकाको आन्तरिक आम्दानी आर्थिक बर्ष २०७०/७१ भन्दा आर्थिक बर्ष २०७१/७२ मा कमी आएको छ । आर्थिक बर्ष २०७०/७१ मा ४ करोड ६१ लाख ४९ हजार रहेको नगरपालिकाको आम्दानी ७१/७२ मा भने करिब ३२ लाखले कमी आएको हो ।






Comments