बन्दमा इ-रिक्सा र मोटरसाइकल चलाउन पाइने




३० साउन, बिर्तामोड।
भोली आइतबार र पर्सी सोमबार नेकपा-माओवादी सहितका दलले गर्ने भनेको नेपाल बन्दमा मोटरसाइकल, विद्युतीय रिक्सासहित अत्यावश्यक सेवा र तिनका सवारी साधन निर्वाध सञ्चालन हुने भएका छन् ।


यसअघि मोटरसाइकल र इ-रिक्सासमेत चल्न नदिने गरी ती पार्टीले बन्दको घोषणा गरेका थिए ।
सम्वाद समुहमा आज भएको वार्तामा राजनीतिक दल, अधिकारकर्मीको आग्रह र सहमतिलाई मध्यनजर गरी जनजीवन सहज बनाउन मोटरसाइकल र इ-रिक्सा सञ्चालन गर्न दिने निर्णय भएको आन्दोलनको घटक संघीय समाजबादी फोरम नेपालका उपाध्यक्ष भूपालबहादुर राईले जानकारी दिए ।



Comments