प्रभावकारी बन्दै सम्पत्ती कर, चिया बगानले अझै तिरेन




२० साउन, दमक।
झापाको दमकमा एकीकृत सम्पत्ती कर असुली प्रभावकारी वन्दै गएको छ । २०६२/२०६३ सालदेखि नगरपालिकाले शुरु गरेको एकीकृत सम्पत्ती कर बर्षेनी असुली कार्य प्रभावकारी वन्दै गएको हो । नगरपालिकाका राजस्व शाखाका प्रमुख टिका दहालले एकीकृत सम्पत्ती कर वुझाउने सेवाग्रहीहरुको संख्या बढ्दै गएको बताए। उन नगर क्षेत्रको जग्गाको कारोवारीय मूल्याङ्कन वढ्दै जानुले पनि सम्पत्ती कर बृद्धि हुँदै गएको बताए।
नगरपालिकाले पहिलोपटक लागू गरेको वर्ष ०६२/२०६३ मा मात्र ३३ लाख रुपैयाँ असुली भएको थियो । त्यसपछिका हरेक बर्षमा एकीकृत सम्पत्ती करको असुली बढे्को दहालले जानकारी दिए। नगरपालिकाको आन्तरिक तर्फको मुख्य स्रोतका रुपमा मानिने सम्पत्ती कर पछिल्लो वर्ष २०७१/०७२ मा मात्र ७८ लाख ४० हजार १ सय २९ रुपैयाँ असुली भएको जनाइएको छ । यसअघि २०७०/७१ मा ७५ लाख रुपैयाँ असुली भएको थियो ।




नगरपालिकाको राजस्व शाखाका अनुसार गएको आर्थिक बर्ष २०७१/७२ मा मालपोतवाट ४ करोड २९ लाख ७४ हजार ६ सय १० रुपैयाँ, पशुहाट मवेशी करतर्फ ६१ लाख ३० हजार, वहाल करतर्फ ४ लाख ५१ हजार ४७, व्यवसाय करवाट ३५ लाख ४६ हजार ७ सय, पटके करवाट १० लाख ७४ हजार ६ सय ९० रुपैया असुली भएको छ । यसैगरी सवारी पार्किङ शुल्कवाट १९ लाख ९८ हजार ११, शववाहन सेवा शुल्कबाट १ लाख १९ हजार ५ सय, वारुणयन्त्र वाट २ लाख २५ हजार ६ सय ७४, शौचालयवाट १ लाख ७ हजार ५० रुपैयाँ असुली भएको राजस्व शाखाका प्रमुख दहालले वताए।



गुडरिकको डेढ करोड वढी वक्यौता
पूर्व राजाको सम्पत्तीको रूपमा रहेको दमकको हिमालय टि गार्डेन एण्ड फार्मिङले डेढ करोड बढि रूपैयाँ एकीकृत सम्पत्ती कर तिर्न वाँकी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ती कर शुरु गरे यताको दश बर्षको अवधिमा गुडरिकले एक करोड ६७ लाख ३२ हजार २ सय ४३ रुपैयाँ तिर्न वाँकी रहेको हो ।
२०६२/०६३ सालदेखि गएको आर्थिक बर्ष २०७१/०७२ सम्म दमक-१५ स्थित गुडरिकले उक्त रुपैया बराबरको सम्पति कर वुझाउन वाँकी देखिएको राजस्व शाखाका दहालले जानकारी दिए। वगानले नियमानुसार एकीकृत सम्पत्ती कर हालसम्म बुझाएको छैन। नगरपालिकाले गुडरिकलाई पटकपटक सम्पत्ती कर वुझाउन अनुरोधका पत्रहरु पठाएपनि त्यसवारे वगान सञ्चालक बेखबर वनेका छन् ।
दमक-९ र १५ मा अवस्थित सो वगान करिव ५ सय ७६ विगाहा क्षेत्रफलमा फैलिएको छ ।






Comments