दमक क्याम्पसमा तीनजना सहायक प्रमुख नियुक्त



६ भदौ, दमक।
दमक बहुमुखी क्याम्पसमा तीनजना प्राध्यापक सहायक क्याम्पस प्रमुख पदमा नियुक्त भएका छन् । विज्ञान संकायतर्फ प्राध्यापक वासु काफ्ले, व्यवस्थापन संकायतर्फ यमप्रसाद भट्टराई र मानवीकी संकायतर्फ नारायण भट्टराई नियुक्त भएका हुन् ।
यस अघिका विज्ञान, व्यवस्थापन र मानवीकी संकायका सहायक क्याम्पस प्रमुखहरु क्रमशः रत्न थापा, राधिका सुवेदी र यज्ञराज गिरीको पदावधि समाप्त भएपछि उनीहरुलाई दुई वर्षको कार्यकालको सहायक क्याम्पस प्रमुख पदको जिम्मेवारी दिइएको हो ।
क्याम्पस प्रमुख सन्तकुमार भगत चार वर्षको कार्यकाल सकिन अझै समय रहने भएकाले क्याम्पस प्रमुखमा उनी नै रहेका छन् ।





नवनियुक्त सहायक क्याम्पस प्रमुखहरुले आइतबार नै पदभार ग्रहण गरेका छन् । विज्ञान संकायका नवनियुक्त सहायक क्याम्पस प्रमुख वासु काफ्लेले दमक बहुमुखी क्याम्पसलाई विज्ञान पढ्ने हवको रुपमा विकास गर्दै अनुसन्धानात्मक कार्य गर्ने थलोको रुपमा क्याम्पसलाई विकासित गर्ने प्रातिबद्धता जनाएका छन् ।
पूर्वकै पहिलो अग्रणी तथा चर्चित सामुदायिक क्याम्पसको रुपमा चिनिएको दमक बहुमुखी जिल्लामा ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी लागायतका जिल्लाहरुबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।



Comments