दुधेमा दुर्लभ समूहसहित ४७ पिन्ट रगत संकलन



३० साउन, दमक।
झापाको शिवसताक्षी-७ स्थित दूधेमा आज विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पूर्वमा रगत अभाव हुन नदिन यूराशिया रेयूकाईको आयोजना तथा उज्यालो यातायात र प्रशान्ति मेडिसिन सेन्टर दूधेको प्रायोजनमा सो रक्तदान गरिएको हो ।
रक्तदानमा दुर्लभ रक्त समूह ओ नेगेटिभ, ए बी नेगेटिभ र बी नेगेटिभ रगत भएका रक्तदाताहरुले रगतदान गरेका थिए ।



कार्यक्रमा ७ महिलासहित जम्मा ४७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसञ्चार प्राविधिक सहयोगमा भएको प्रशान्ति मेडिसिन सेन्टरका प्रोपाइटर पारसमणि प्रधानले बताए । रक्तदान कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज झापाका कोषाध्यक्ष छविलाल दवाडी लगायतको उपस्थिति रहेको थियो ।






Comments