ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु




२८ असार, दमक।
झापाको तोपगाछीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तोपगाछी -५ स्थित सडकखण्डमा गएराति १० बजेतिर रोकिराखेको ना.३ ख ६२९० नम्बर ट्रकसँग को ४ प ३९९३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरूको मृत्यु भएको हो ।


मृत्यु हुनेमा झापा जलथलका २८ वर्षिय हिमाल कन्दङवा र संखुवासभा चेपुवा- ४ का २७ वर्षिय पेमा लामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवैको दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।






Comments