पाणिनीद्वारा वृक्षारोपण



९ साउन, दमक।
दीर्घकालिन आम्दानीको स्रोत जुटाउन दमक १५ स्थित पाणिनी माविले आज आफ्नो जग्गामा वृक्षारोपण गरेको छ।
विद्यालयको स्वामित्वमा रहेको दमक १५ को चियादोकानस्थित जग्गामा मसला जातको करिव डेढ सय विरूवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा नागरिक मञ्चका पदाधिकारीका साथै शिक्षक, अभिभावक र स्थानीय समुदायको उपस्थति रहेको थियो।
हाल दुई व्यवसायिक संस्थाले भाडामा लिएर आफ्ना व्यवसाय सञ्चालन गरिरहेको सो जग्गाको खाली रहेको ठाउँमा वृक्षारोपण गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम भण्डारीले जानकारी दिएका छन् । केही दिनपछि थप त्यति नै जति विरूवा रोपिने उनले बताए।



विद्यालयको हालको आम्दानीको स्रोत अति नै न्यून भएकाले भविष्यमा विद्यालयमा हुने आर्थिक संकट टार्न वृक्षारोपण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रिजालले बताएका छन् । उनले आफू अध्यक्ष भएयताको एक बर्षको अवधिमा विद्यालयमा भौतिक तथा शैक्षिक सुधारको संकेत देखिएको दावी गरे। उनले भने, 'मेरो कार्यकालमा विद्यालयको एसएलसीको नतिजा र अन्य कक्षाको सिकाई उपलव्धीमा समेत सुधार आएको छ।'


Comments