विर्तामोडमा खोज पत्रकारितासम्वन्धी तालिम शुरू



२४ असार, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा खोज पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण आज विहीवारबाट बिर्तामोडमा शुरु भएको छ ।
पत्रकार महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि स्थानीय विकास अधिकारी फणिन्द्रराज दाहालले गरेका थिए ।
बरिष्ठ खोज पत्रकार हस्त गुरुङले सहजीकरण गरिरहेको प्रशिक्षणमा झापाका क्रियाशील ३० जना पत्रकार सहभागी रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले बताए ।



प्रशिक्षण उद्घाटन समारोहमा महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, पूर्व केन्द्रीय सदस्य मदन ढकाल, प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्ले, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए ।
कार्यक्रममा मेची बोर्डर जर्नालिष्ट एशोसिएसनका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब अफ शनिअर्जुनका अध्यक्ष दिपीन राई र प्रेस क्लब अफ कनकाईका अध्यक्ष तीर्थराज खरेलको आतिथ्य रहेको थियो ।
उद्घाटन समारोहका अतिथिहरुले अबको पत्रकारिता खोजमूलक बन्नुपर्ने कुरामा जोड दिए । खोज पत्रकारिताले मात्र पाठक, स्रोता र दर्शकले खोजेको सूचना र सन्देश सम्प्रेषण गर्न सक्ने भन्दै उनीहरुले पत्रकार हुनका लागि खोज पत्रकारिता सम्बन्धी ज्ञानसीप अति जरुरी रहेको बताए ।





Comments