अधिकारी परिवारले संगीतालाई स्वीकारे



१ साउन, दमक।
दमक -११ की संगीता लिम्वूसँग आठ वर्ष अघिदेखि यौनसम्वन्ध रहेको आरोप लागेका दमक-१३ का सागर अधिकारीले कानुनी रुपमा श्रीमती स्वीकार गरेका छन् ।
अधिकारीले संगीतालाई श्रीमती स्वीकार गरेर दमक नगरपालिका कार्यालयमा विवाह दर्ता गराएका छन् ।
बुधबार महिला संगठनहरुको पहलमा नगरपालिकाका पञ्जिकाधिकारीमा पुगेर सागर र संगीताले बिवाह दर्ता गरेका हुन् ।


दुवै मिलेर विवाह दर्ता गरेको र अधिकारी घर परिवारले स्वीकार गरेको संगीताले बताइन् । करिव छ महिनाअघि संगीतालाई महिला अधिकारकर्मीहरुको दवावमा अधिकारीको घरमा भित्र्याइएको थियो ।


Comments