सवारी साधन तोडफोड र जबरजस्ती बन्द गराउँदै हिँड्ने २२ जना पक्राउ




८ साउन, दमक।
जवरजस्ती बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले आज झापा, मोरङ र सप्तरीबाट नेकपा माओवादी (विप्लव) समुहका २ दर्जन कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।
सो पार्टीले आज आव्हान गरेको नेपाल बन्दका क्रममा जवरजस्ती यातायात बन्द गराउँदै हिँड्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्गमा जबरजस्ती यातायात बन्द गराउदै हिँड्ने मेची अंचल व्युरो इन्चार्ज राजेन्द्र कार्की (नवीन) सहित २० जनालाई प्रहरीले आज बिहान झापाको बिर्तामोड ६ बाट पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले पक्राउ गरेको जनाइएको छ।


त्यसैगरी मोरङको बिराटनगर १८ र सप्तरीको प्रसबनी ३ बाट दुई जना पक्राउ परेका छन् पक्राउ पर्नेमा बिराटनगर १८ का ३६ वर्षिय धर्मेन्द्र दास र प्रसवनी ३ का सुरेन्द्र कुमार सरदार रहेका छन्। दासलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले बिहान साढे ९ बजे जोगबनी-बिराटनगर सडक खण्डमा ट्रकमाथि तोडफोड गर्न खोज्दै गर्दा पक्राउ गरेको हो भने सरदारलाई प्रहरीले प्रसवनी चोकमा जबरजस्ती यातायात बन्द गराँउदै हिँड्दा बिहान साढे १० बजे पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



Comments