मुलुक संक्रमणको अन्तिम विन्दुमा - ओली




४ साउन, दमक।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
विद्यमान संक्रमणकालको अन्त्य गर्नका लागि मुलुक अन्तिम विन्दुमा उभिएको बताएका छन्। दलहरुबीच भएको १६ वुँदे सहमति ऐतिहासिक दस्तावेज भएको दाबी गर्दै अध्यक्ष ओलीले सहमतिको आधारमा नयाँ संविधानको मस्यौदा जनताका बीच छलफलका लागि आएको प्रष्टयाए। नयाँ संविधानमा देश तथा विदेशबाट समेत अत्यन्तै राम्रा सुझावहरु आएको उल्लेख गर्दै ओलीले सर्वसाधारणहरुले उपलब्ध गराएका यस्ता मूलभूत सवैखाले सुझावहरुलाई संबिधानमा प्रतिविम्वित गरिने बताए।




झापाको दमकमा आज दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दै उनले नयाँ संविधान जारी हुनुअगावै आफूहरुले सीमाङ्कनको मुद्दा टुङ्ग्याउन चाहेको भएपनि तत्काल दलीय सहमति सम्भव नदेखिएको कारण थाँती राख्नु परेको उनको भनाई थियो। नयाँ संविधान समान अधिकार, समान अवसर, समान सुरक्षा र समान मानवीयता झल्कने तथा नागरिक सम्मानको अनुभूति हुने गरी बनाइने उनले आश्वासन दिए।
आफनो गृह क्षेत्र दमकमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधान जारी गरेर संविधानसभा विघटनपछि संसदले सीमा निर्धारण आयोगको सुझाव अनुसार सीमाङ्कन गरी अनुमोदन गर्ने बताउँदै लैजाने जिकीर गरे।






Comments