चर्च उद्घाटन




३० असार, बेलडाँगी।
इलामको चुलाचुली ९ र झापाको दमक वडा नं. ५ को सीमा क्षेत्रमा आज त्यहाँ रहेका क्रिश्चियनहरुले नयाँ चर्चको उद्घाटन गरेका छन् ।


सामदाम विव्लिकल नामक चर्चको भारतबाट आएका क्रिश्चियन अगुवा पाष्टर रोयल लेप्चाले सो चर्चको उद्घाटन गरेको चर्चका संयोजक विरेन्द्र सुव्बाले बताए। चर्चका लागि स्थानीय दार्जे तामाङले जग्गा उपलव्ध गराएको र क्रिश्चियनहरुको सहयोगमा करिव ४ लाख रुपैयाँको लगानीमा चर्च निर्माण गरिएको निर्माण समितिले जानकारी दिएको छ ।





Comments