गाँजा कारोवारी दम्पती पक्राउ




४ साउन, दमक।
अवैध लागूपदार्थ गाँजाको कारोवारमा सलंग्न भएको आरोपमा झापाको दमकबाट एक दम्पत्ती समातिएका छन् ।
दमक-१३ का अग्नि प्रसाद संग्रौला र शुष्मा संग्रौलालाई १० केजी बढी अवैध गाजासहित पक्राउ गरिएको गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ती दम्पत्तीले लामो समयदेखि गाँजाको रुपले व्यापार गर्दै आएको प्रहरीको दावी छ ।



गोप्य सूचनाका आधारमा घरैवाट ती कारोवारीलाई हिजो नियन्त्रणमा लिइएको दमक प्रहरी प्रमुख, डिएसपी इश्वर कार्कीले बताए।
अनुसन्धानपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।




Comments