क्यान्सर पीडितद्वारा सहयोगको याचना,



चितवन लगियो
२२ असार, उर्लाबारी।
आर्थिक समस्याका कारण क्यान्सरको उपचार गर्न नसकेर थलिएका मोरङ राजघाट गाविस-७ भोटेपुलका मोतीप्रसाद खतिवडाले आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् ।
आर्थिक समस्याकै कारण खतिवडाले क्यान्सरको उपचार गर्न नसकेर आफ्नो जीवन संकटमा परेकाले सहयोगको याचना गरेका हुन् । स्वास्थ्य परीक्षणपछि उनमा क्यान्सर भएको थाहा पाएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मात्र उपचार सम्भव हुने कुरा चिकित्सकहरुले जनाएका थिए । उनको उपचारमा पाँच लाख रूपैयाँ लाग्ने चिकित्सकहरुले जनाएका छन् ।




यतिबेला खतिवडाको उपचारका लागि उनका आफन्तलाई धौधौ परिरहको छ । परिवारले स्वदेश तथा विदेशमा रहेका सबै नातागोता, साथीभाइसँग आर्थिक सहयोग गरेर मोतीप्रसादको ज्यान बचाईदिन अपिल गरेको छ । स्थानीय पत्रकार, सञ्चारमाध्यम, अनलाइन मिडियालगात पनि आर्थिक संकलनको अभियानमा लागिरहेका छन् । सहयोग गरी पुण्य कार्य गर्न चाहनेका लागि फोन नं ९८००९८४६९५ र ९८१६९०७८५८ मा सम्पर्क गर्न सकिनेछ ।
आर्थिक जुटेसँगै उनलाई तत्काल उपचारको लागि चितवन लगिएको स्थानीय पत्रकार तेजन खड्काले जानकारी दिए। मंगलबार राजघाटस्थित नैनसिंह खड्का एम्बुलेन्सको सहयोगमा खड्कासहित छोरा रमेश खतिवडा, रञ्जना बुढाथोकी र नरबहादुर खड्काले खतिवडाको उपचारका लागि चितवन लगेका हुन् । बुबाको अवस्था गम्भीर रहेकाले आर्थिक संकलन अभियान गर्दै उपचार गरिएको छोरा रमेशले बताए।
बोल्न र सुन्न नसक्ने खतिवडाले आफूलाई सहयोग गरेर बचाइदिन सबैसँग अनुरोध गर्छन् । बाँचेर सामाजिक क्षेत्रमा काम गर्ने चाहना रहेको बताउने खतिवडा आफ्नो शरीर स्वास्थ्य रहुन्जेल अपाङ्गता क्षेत्रमा क्रियाशिल पनि थिए। उनी ग्रामीण अपाङ्ग सेवा संघ राजघाटका सदस्य, पूर्वाञ्चल बहिरा संघ सदस्य तथा श्री अरनिको उच्च माविका शिक्षक अभिभावक संघका सदस्य हुन्।





Comments