प्रहरी चौकीका लागि २५ लाखको जग्गा दान



१ साउन, दमक।
झापाको महारानीझोडास्थित प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय एक दम्पत्तीले ५ कठ्ठा जग्गा दान गरेका छन् । महारानीझोडा- ९ बस्ने गोपाल दोर्जे लामा र श्रीमती भारतीय कुमारी तामाङले करिव २५ लाख रूपैयाँ बराबरको सो जग्गा दान दिएका हुन् ।


महारानीझोडा-३ मा चौकीको भवन निर्माणका लागि लामा दम्पत्तीले सो जग्गा प्रदान गरेको गाविस सचिव टेक बहादुर कार्कीले बताए ।
इलाका प्रहरी कार्यालय दमकको पहलमा प्राप्त भएको जग्गा दाताबाट चौकीलाई मालपोत कार्यालय दमकबाट रजिष्ट्रेशन पाससमेत गरिएको जनाइएको छ ।

Comments