दमक ब्याडमिन्टन समितिको साधारणसभा



९ साउन, दमक ।
ब्याडमिन्टन खेल बिकास समिति दमकको चौथो साधारणसभा सम्पन्न भएको छ ।
दमक-११ स्थित समितिको कार्यालयमा शनिवार भएको साधारणसभामा समितिले नयाँ नेतृत्वका लागि ५ सदस्यीय निर्वाचन टोलीसमेत गठन गरेको छ । समितिको नयाँ नेतृत्व एक हप्ताभित्र छनौट गरिने जनाइएको छ ।



साधारणसभाको उद्घाटन कार्यक्रममा सहभागीहरुले शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य हुनु मानिसको पहिलो कर्तव्य भएको औंल्याए । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका गणपति, प्रहरी उपरीक्षक भरतबाबु केसीले ब्याडमिण्टन खेलको विकाससका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक इश्वर कार्की, दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं तथा राजनीतिक ब्यक्तित्व घनेन्द्र सुब्बाले ब्याडमिण्टन खेललाई शारीरिक कसरत भन्दापनि ब्यवसायिक रुपमा अघि बढाएर लानुपर्ने धारणा राखेका थिए ।



Comments