दमकमा नौमती बाजा बजाउने तालिम हुँदै



२३ असार, दमक।
दलित सशक्तिकरण अभियान उपभोक्ता समितिले दमकमा आयोजना गरेको नौमती बाजा सिकाउने तालिम अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत सञ्चालित नौमती बाजा बजाउने तालिम अन्तिम चरणमा पुगेको हो । असारको अन्तिममा समापन गरिने तालिममा जोडी नर्सिङ्गा र सनाई, झम्टा, दमाहा, ढोलक लगायतका बाजा बजाउन सिकाइरहेको उपभोक्ता समितिका अध्यक्ष टिकाराम बयलकोटीले बताए।



कुवेरमान ठटाल र नरबहादुर बागदासले दुईदर्जन बढी सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन्। बाजाको ताल, हात चाल्ने बिधि लगायतका बिषयमा प्रशिक्षण दिइरहेको प्रशिक्षक ठटालले बताए।

फोटो क्याप्सन - दमकमा नौमती बाजा बजाउन सिकाउँदै प्रशिक्षक कुवीरमान ठटाल
फोटो - मनकुमार गदाल




Comments