स्वदेश फर्काउन भुटानी राजालाई शरणार्थीको पत्र




२३ असार, दमक।
राष्ट्रिय मेलमिलाप समितिले भुटानी राजा जिग्मी केसर नाम्ग्याल वाङचुकलाई पत्र लेखेर शरणार्थी स्वदेश फिर्तीमा राजनीतिक इच्छाशक्ति देखाउन माग गरेको छ । पुनर्वासलाई लत्याएर स्वदेश फिर्तीप्रति आतुर १० हजार शरणार्थी भूटानी नागरिकलाई फर्काउन पत्र पठाएर मेलमिलाप समितिले माग गरेको हो । प्रवासी भूटानी नागरिकको नाममा हिजो पत्र पठाएको समितिका केन्द्रीय सदस्य कृष्णवीर तामाङले बताए।






Comments