आत्महत्याका घटनामा बृद्धि



१ साउन, दमक।
झापा जिल्लाको माईपश्चिमी क्षेत्रमा आत्महत्याको घटना बढ्दै गएको छ ।
पछिल्ला तीन महिनाका अवधिमा यस क्षेत्रमा भएका विभिन्न खाले घटनाहरुमध्ये आत्महत्याको घटना उल्लेख मात्रामा बढेको छ ।
इलाका प्रहरी कार्यालय दमकले आज सार्वजनिक गरेको एक तथ्यांकमा घटना तीन महिनाको अवधिमा १९ जनाले झुण्डिएर र ९ जनाले विषसेवन गरी आत्महत्याको गरेको उल्लेख छ ।
गत बैशाखदेखि असारसम्म यस क्षेत्रमा भएका यस्ता घटनामध्ये सवैभन्दा बढी आत्महत्याको घटना पाइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले बताए। उनले भने, 'यस क्षेत्रमा आत्महत्याको घटनाले ठुलो आकार लिन थालेको छ ।'



आत्महत्या गर्नेमा अधिकांश महिला छन् । प्रहरीको तथ्याङ्कमा यस क्षेत्रमा यस्ताखाले घटना पछिल्ला बर्षहरु मध्येको उच्च भएको देखिएको छ ।
यसैगरी सोही अवधिमा ११ जनाको भवितव्य मृत्यु भएको प्रहरीले जनाएको छ ।




Comments