दाजुको कुटाईबाट बहिनीको ज्यान गयो



२१ असार, उदयपुर।
उदयपुर बलम्दामा एक किशोरले निर्घात कुटपिट गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।
बलम्दा ८ का १६ बर्षिय रूदन राईले कुटपिट गरी हिजो राति आफ्नी ११ वर्षीया बहिनी मिंगिताको ज्यान लिएका हुन् ।


आफ्नी छोरीलाई आफ्नै छोराले कुटेर मारेको भनी मृतकका बाबुले आज बिहान ३ बजे टेलिफोन गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका थिए।
घटनास्थलमा प्रहरी टोली खटिगई कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय रामपुरझिल्केले जनाएको छ।

Comments