खुकुरीले काटिएको अवस्थामा मकैबारीमा युवकको शव



१ साउन, सुनसरी।
धारिलो हतियार प्रहारबाट सुनसरीको धरानमा बिहीबार साँझ एक युवकको हत्या भएको छ।
अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट धरान ८ दुर्गापथ बस्ने २४ वर्षिय भिसु मगरको हत्या भएको हो।
उनको शव घरनजिकैको मकै बारीमा साँझ ८ बजे फेला परेको थियो। मगरको शरीरका बिभिन्न भागमा खुकुरीले लागेको पाइएको छ भने घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ।



घटनासम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।




Comments