पाँच दिनपछि शव फेला




२१ असार, दमक।
पाँच दिनअघि रतुवा खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका इलाम, चुलाचुलीका एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार बाढीले वगाएर वेपत्ता भएका इलाम, चुलाचुली-६ का ४८ बर्षिय सूर्यकुमार राई सोही खोलाको कोहवरास्थित वगरमा गएराति मृत अवस्थामा फेला परेका हुन् । मृतकको अनुहार नचिनिने अवस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।

गत बुधबार दमकको हाट भर्न आउँदा राईलाई खोला तर्ने क्रममा बाढीले बगाएको थियो ।




Comments