धरमपुरलाई नगरपालिकामा नगाभ्न एमाले वाहेकका दलको माग




३० असार, दमक।
झापा धरमपुरका एमाले वाहेकका विभिन्न सात राजनीतिक दलहरुले आफनो गाविसलाई नगरपालिकामा नगाभ्न माग राखेका छन् । ती दलहरुले धरमपुर गाविस र तोपगाछी गाविस मिलाएर कमल नगरपालिका बनाउने तीन दिनअघिको सिफारिस कार्य तत्काल फिर्ता गर्नसमेत माग गरेका हुन् ।
धरमपुर गाविस भवनमा आज भएको नेपाली कांग्रेस, नेकपा एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लिम्वुवान पार्टी नेपाल लगायतको भेलामा सहभागी दलहरुले सो सिफारिस फिर्ता लिन माग गरेको नेपाली कांग्रेस धरमपुर सभापति विनोद ढकालले जानकारी दिए।


गाविस सचिव पूर्ण बहादुर कुँवरको अध्यक्षतामा बसेको सर्वदलिय भेलाले विकास निर्माणका क्रममा समेत पछाडी परेको धरमपुर गाविसलाई तोपगाछी गाविससँग जोडेर नगरपालिका निर्माण गरिँदा भौगोलिक कारणसमेत समस्या रहेको भन्दै हाललाई सो सिफारित फिर्ता गर्न माग गरिएको ढकालले बताए। स्थानीय जनताहरुको अभिमतलाई नबुझी नै तत्कालिन कार्यवाहक गाविस सचिव देवी प्रसाद फूँयलले दुई गाविसलाई जोडेर कमल नगरपालिका निर्माणका लागि गरिएको निर्णय स्थानीय दलीय सहमती विना जिल्ला तहमा सिफारिस गरिएकाले सो सिफारिस अविलम्ब फिर्ता गर्न माग गरिएको ढकालको भनाई थियो।



Comments