झापा पोष्टद्वारा स्तम्भकारहरु सम्मानीत



६ साउन, दमक।
झापाको दमकबाट प्रकाशन शुरु गरेको झापा पोष्ट दैनिकले बुधबार १ सय दिन पुरा गरेको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
दमक-११ स्थित पत्रिकाको कार्यालयमा एक कार्यक्रम गरी पत्रिकाका नियमित स्तम्भकारहरुलाई सम्मान समेत गरिएको थियो । झापा पोष्ट दैनिकका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा ओमप्रकाश गौतम, टंक पाठक, नरपति पाण्डे, लेखक तथा उपसम्पादक कुमार कटुवाल सम्मानित भएका छन् ।
सो अवसरमा सम्मानित लेखक ओमप्रकाश गौत्म र टंक पाठकले स्तम्भ लेखनको क्षेत्रमा सम्मानित हुन पाउँदा अझ खुशी र हौसला मिलेको बताएका थिए ।



झापा पोष्ट दैनिककी सम्पादक रेगिना भट्टराई प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष देवी प्रसाद दाहाल, स्थानीय अगुवा महेन्द्रसिंह निरौला, शिक्षक चुणेन्द्र खड्का लगायतले पत्रिकाले सय दिन पूरा गरेको शुभकामना राखेका थिए । सञ्चालक समिति सदस्य सूर्य कटुवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा पत्रिकाका प्रवन्ध निर्देशक रोशन विष्ट, सह-प्रबन्धक पदम बुढाथोकी, सञ्चालक सदस्य रोहित आचार्य लगायतको उपस्थिती रहेको थियो ।
तस्वीर - कार्यक्रममा पत्रिका सञ्चालक तथा कर्मचारीहरु सामूहिक तस्वीर खिचाउँदै







Comments