गौरादह नगरपालिका बनाउने प्रकृयाको विरोध



४ साउन, दमक।
झापाको महारानीझोडा, कोहवरा र जुरोपानी गाविसलाई मिलाएर गौरादह नगरपालिका बनाउने हालै गरिएको सिफारिसप्रति जुरोपानी सचेत नागरिक समूहले विरोध जनाउदै सिफारिस फिर्ताको माग गरेको छ ।
गाविसलाई गौरादह नगरपालिका बनाउनका लागि हालै जिल्ला विकास समितिमार्फत सरकारसँग गरिएको सिफारिसले यस गाविसको अस्तित्व समाप्त हुन पुगेको भन्दै फिर्ता गराउन उनीहरु समूह गठन गरी आन्दोलित भएका हुन् ।


त्यसका लागि उनीहरुले स्थानीय प्रेम राजबंशीको संयोजकत्वमा सचेत नागरिक समूहको गठन गरेका छन्। सोही समूहले आइतबार मात्र जुरोपानी वजारसमेत बन्द गरेर विरोध जनाएको छ। नगरपालिकाको नाम, कार्यालय राख्ने स्थानबारे सहमति बन्न नसकेकाले यही तीन दिन भित्रमा आफ्ना माग पूरा नभए गाविस कार्यालय अनिश्चितकाल सम्मका लागि बन्द गरिने समेत समूहले चेतावनी दिएको छ।




Comments