सानो केर्खामा आश्रम तथा सिमसार बनाउन स्थानीयबासी जुटे





९ साउन, दमक।
झापाको तोपगाछीमा प्राचिन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण गर्न स्थानीय बासिन्दाहरु जुटेका छन् ।
तोपगाछी-७ सानो केरखामा आज भएको भेलाले आश्रम तथा सिमसार क्षेत्रको प्रबर्धन र संरक्षण गर्न समितिसमेत गठन गरेको छ । पुरात्वात्विक महत्व वोकेको सो स्थलको विकास गर्न समितिमार्फत आवश्यक पहल गरिने जनाइएको छ ।


समितिको अध्यक्षमा शिव ढुङ्गेल, उपाध्यक्ष कुमार खतिवडा, सचिव मधुसुधन अधिकारी, सह-सचिव विरेन्द्र अधिकारी र कोषाध्यक्षमा कमला तिम्सिना रहेका छन्। त्यसैगरी समितिको सदस्यमा चक्र गुरुङ्ग, लालबहादुर बखिम, इन्दिरा चापागाईं, सुशीला न्यौपाने तथा आमन्त्रित सदस्यमा जुद्घ भण्डारी र छत्र सुब्बा रहेको जनाइएको छ ।
सानो केरखा युवा क्लवका अध्यक्ष लालबहादुर बखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण र महत्वका बारेमा चक्र गुरुङ्ग, पूर्णमान श्रेष्ठ, हेमनाथ अधिकारी, निलकण्ठ निरौला, शिव ढुङ्गेल, सुमन गिरी लगायतले बोलेका थिए।


Comments