उपभोक्ता सदस्यता कार्ड वितरण शुरु



६ साउन, दमक।
झापाको दमकमा फोहोर ब्यवस्थापनको जिम्मा पएको पाथवे नेपाल (जेभि)ले आजबाट यहाँका उपभोक्ताहरुलाई सदस्यता कार्ड वितरण शुरु गरेको छ ।
सार्वजनिक निजी साझेदारीबाट सञ्चालित उक्त संस्थाले एक कार्यक्रम गरी तरकारी व्यवसायीहरूलाई कार्ड दिन शुरु गरेको हो । तरकारी तथा सब्जी ब्यवसायीका अध्यक्ष महेन्द्र पाठकलाई नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले कार्ड हस्तान्तरण गरी औपचारिक रुपमा कार्ड वितरण कार्य शुरु भएको थियो।




कार्यक्रममा बोल्दै दाहालले फोहोर ब्यवस्थापन बापतको सम्पूर्ण शुल्क तिर्न आग्रह गर्नुभएको थियो । आज बुधबारबाट नै नगरका सबै घरमा गएर पाथवेका कर्मचारीले कार्ड वितरण गर्ने प्रालिका अध्यक्ष सुवास बस्नेतले जानकारी दिए ।
कार्यक्रकमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं, एमाले नगर अध्यक्ष अम्बिका खनाल, नेपाली काँग्रेस नगर सभापत्ति डुण्डीराज भण्डारी एमाओबादी नगर इन्चार्ज रमेश गुरागाई लगायतको उपस्थिती रहेको थियो ।
गत वैशाखबाट सो संस्थाले यहाँको फोहोर व्यवस्थापनको कार्य गर्दै आएको छ ।







Comments