खड्गीले एकमुष्ट बुझाए पशुहाटको ठेक्का रकम



२३ असार, दमक।
दमकको पशुहाटको ठेकेदार युवराज खड्गीले चालुआर्थिक वर्षको पशुहाटको ठेक्का रकम १ करोड २ लाख १० हजार रुपैयाँ नगरपालिकालाई बुझाएका छन् ।
३ दिनअघि ठेकेदार खड्गीले आर्थिक वर्ष ०७२/०७३ को ठेक्का रकम बुझाएका हुन्। एकमुष्ठ ठेक्का रकम बुझाएर ठेकेदार खड्गीले १० प्रतिशत छुटवापत १० लाख २१ हजार रुपैयाँ पाएको राजश्व शाखाका प्रमुख टिका दाहालले बताए। ठेकेदार खड्गीसँग राखिएको जिज्ञासामा ठेक्का रकम बुझाएर छुट लिन र ठेक्का इज्जतको अधिकार लिनका लागि नगरपालिकालाई अगाडि नै ठेक्का रकम बुझाएको बताए।



खड्गीले चालु आर्थिक वर्षको लिएको ठेक्का रकम मुलुककै ठुलो राशीको रहेको नगरपालिकाको दावी छ । ठेकेदार युवराजभन्दा अघिका ठेकेदारहरुले किस्ता बन्दीमा ठेक्का रकम नगरपालिकालाई बुझाउने गरेको प्रमुख दाहाल बताउँछन्।
आर्थिक वर्ष ०७०/०७१ देखि खड्गीले पशुहाट करको ठेक्का लिएर अगाडी नै ठेक्का रकम बुझाएको बताइएको छ ।





Comments