हुण्डाईका नयाँ गाडी बजारमा




७ साउन, दमक।
हुण्डाई कम्पनीका दुईवटा नयाँ गाडी बजारमा आएका छन् । हुण्डाई कम्पनीले नयाँ मोडलका हुण्डाई एलाइट i20 र एक्टिभ i20 गाडी वजारमा एकैसाथ ल्याएको हो ।
हुण्डाई कम्पनीका दमक-१० स्थित आधिकारिक विक्रेता अटो प्लाजा कन्सर्नले विहीवार एक कार्यक्रम गरी ती दुवै गाडी सार्वजनिक गरेको हो । ती गाडी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रकाश प्रसाईं, इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्की, सशस्त्र प्रहरी वल पाथिभरा गणका डिएसपी विरेन्द्र ऐर र सञ्चालक बबरजङ थापाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । नयाँ मोडलका ती गाडी आधुनिक र सुविधायुक्त यात्राका लागि सवैभन्दा भरपर्दो भएको दावी कम्पनी छ ।



त्यस सार्वजनिकीकरण कार्यक्रममा अटो प्लाजाका सिनियर सेल्स अफिसर तेजप्रसाद पौडेलले नयाँ ती गाडीको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्थानीय उद्यमी, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
मेची अञ्चलको आधिकारिक विक्रेता कन्सर्नले लन्चिङको अवसरमा तीन दिनसम्म गाडी वुक गर्नेलाई आकर्षक छुट दिने जनाएको छ ।






Comments