सुन्य लागतको विरोधमा म्यानपावर व्यवसायीहरू आन्दोलित



२३ असार, विर्तामोड
झापाको विर्तामोडका मेनपावर संचालकहरुले शुन्य लागतमा विदेश पठाउने सरकारी योजनाको विरोध गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सेन्टर प्वाइन्ट पार्टी प्यालेसमा मेनपावर व्यवसायीको आज आयोजित एक भेलामा बोल्ने अधिकांश वक्ताहरुले श्रम राज्य मन्त्रीले आफ्नो अभिष्ठ पूरा गर्न यो योजना ल्याएको भन्दै तिब्र असन्तुष्टि जनाए।
कार्यक्रममा वैदेशीक रोजगार ब्यवसायी संघ झापाका अध्यक्ष भानु शिवाकोटीले नेपाली युवाहरुलाई वैदेशीक रोजगारीबाट वन्चित गरेर श्रम मन्त्रीले आफ्नो फाइदाको लागि यो नीति ल्याएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिए। उनले शुन्य लागत योजना राम्रो भएतापनि यसले नेपाली युवालाई नभई बंगलादेशका युवालाई फाइदा पुग्ने बताए।


त्यस्तै संघका उपाध्यक्ष धनबहादुर पन्धाकले राज्यको यो निर्णयविरुद्ध मेनपावर ब्यवसायी एक भई आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए। कार्यक्रमको संचालन सगुन ओभरसिजका ओमप्रकाश भट्टराईले गरेका थिए।
यसैबीच उक्त भेलाले भोलिदेखि आन्दोलन गर्न एक संघर्ष समितिसमेत गठन गरेको छ । शिवाकोटी मेनपावरका संचालक भुपाल शिवाकोटीको संयोजकत्वमा गठित समितिको सह संयोजकमा स्काई वे मेनपावरका राजन शिवाकोटी, सचिवमा सगुन ओभरसिजका संचालक ओमप्रकाश भट्टराई, कोषाध्यक्षमा विराट मेनपावरका अन्जु लामिछाने रहेका छन्। सदस्यहरुमा नविन रिमाल, राजेन्द्र अधिकारी, प्रेम निरौला, शिव गुरुङ, चन्द्र कुमार पौडेल लगायत रहेका छन्।
समितिले पहिलो चरणको आन्दोलनस्वरुप भोलि विहान १० बजे बिभिन्न प्लेकार्ड बोकिएको र्‍यालीसमेत जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा गई ज्ञापन पत्र बुझाइने, दिउँसो पत्रकार सम्मेलन गरी विर्तामोडको मुक्ति चोकमा बेलुका श्रम राज्य मन्त्रीको पुत्ला जलाउने कार्यक्रम रहेको जनाएको छ ।



Comments