खोलामा डुवेर दुई बालकको मृत्यु





९ साउन, दमक।
खोलामा डुवेर झापा र मोरङका दुई बालकको ज्यान गएको छ।
झापाको गौरादह-२ का खडानन्द गौतमको ९ बर्षिय छोरा जीवनको स्थानीय किस्ने खोलाको बाँधमा डुवेर मृत्यु भएको हो ।
पौडी खेल्न गएका उनको मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।


यसैगरी मोरङको सिसवनी जहदास्थित लोहन्द्रा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । सिसवनी जहदा- ८ बस्ने भदो हस्दाको २ वर्षको छोरा शिवलालको घर नजिकैको लोहन्द्रा खोलाले बगाउँदा मृत्यु भएको हो ।


Comments