डिउमा 'लेदो'




२१ असार, दमक।
झापाको दमकस्थित एक पसलमा चियो पेय 'माउण्टेन डिउ'को वोटलमा अखाद्य बस्तु फेला परेको छ । दमक-१३ स्थित गोर्खा इन्टरप्राइजेजमा एक उपभोक्ताले खरिद गर्न लाग्दा डिउको वोटलमा दुईवटा ठुलो परिणामको लेदो फेला परेको हो ।
२५० एमएलको सो बोतलको म्याद अझै चार महिना बाँकी रहेको र बोतलको भित्री भागमा दुईवटा जमेको लेदो फेला परेको हो ।



लखनपुर-५ का जीवन गुरुङले डिउ किनेर खान खोज्दा वोतलमा प्रष्टै देखिने लेदो पाइएको हो । गुरुङले डिउको सो वोतलमा देखिएको लेदो फेलापरेपछि आफूले दमकस्थित विक्री केन्द्रमा गुनासो राखेको बताए । तर कम्पनीका स्थानीय प्रतिनिधिले अखाद्य बस्तु 'लेदो' यसरी बोटलमा भेटिनु सामान्य घटना भएको भन्दै तर्किएको गुरुङले बताए ।
पसल सञ्चालक चन्द्र कन्दङवाले स्थानीय पेप्सी कम्पनीबाट उत्पादित डिउको वोतल स्किममार्फत सोमबारमात्रै कम्पनीले गरेको बताए । 'सिलप्याक' अवस्थाको सो वोतल बाहिर हेर्दा नै पूरै अखाद्य किसिमको भएको सञ्चालक कन्दङवा बताउँछन् ।
डिउको वोतलमा फेला परेको त्यस्तो अखाद्य बस्तु स्वास्थ्यका दृष्टिले हितकर नभएको भन्दै स्थानीयहरुले सञ्चारकर्मीहरुलाई बोलाएर यस्ता लापार्वाहीको घटना उजागर गर्न आग्रह गरेका थिए । स्थानीय राष्ट्रिय बहुमुखी सहकारीका सचिव धनराज राई डिउमा देखिएको लेदो पूरै अखाद्य भएको भन्दै कम्पनीमाथि कारवाही हुनुपर्ने बताउँछन् । उपभोक्ताहरु सचेत नहुँदा ठगिने क्रम बढ्दै गएको राईको धारणा छ । फेला परेका वोतलको विर्कोबाट नचुहिने र त्यस्तो लेदो फेला पर्नु कम्पन्नीको नै गैरजिम्मेवार भएको राई बताउँछन् ।
यता कम्पनीका स्थानीय प्रतिनिधि गंगा घिमिरे लेदो यसरी भेटिनु कम्पनीको लार्पावही नभएको दावी गर्छन् । घिमिरेले कम्पनीको यस्तो कर्तुतको वचाउ गर्दै विर्को खोलिँदा भित्र यस्तो फोहोर जम्न सक्ने बताए । उनले त्यस्तो फेला परे त्यसलाई साटेर अर्को डिउ बोटल उपलब्ध गराउने बताए ।





Comments