आदिवासी रंगशालाकै नाममा नै वजेट छुट्टयाउन माग




९ साउन, दमक।
झापाको लखनपुर- १ स्थित आदिवासी रङ्गशालाको नाम परिवर्तन गर्न खोजिएको भन्दै निर्माण समितिले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको छ । आदिवासी रङ्गशाला तथा स्मृति पार्क प्रतिष्ठानको अगुवाईमा सरोकारवालाहरुको एक टोलीले राजधानी पुगेर सरकार तथा दलहरुसँग आदिवासी रङ्गशाला कायम गर्न तथा बजेट छुट्याउन माग राखेका छन् ।
सरकारले आर्थिक बर्ष २०७२/२०७३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मदन भण्डारी स्मृति रंगशाला लखनपुर योजना छनौट गरेपछि यहाँका सरोकारवालाहरु विरोधमा उत्रिएका थिए । स्थानीयहरुले आक्रोश पैदा गर्न थालेपछि निकै दवावमा परेको रंगशाला निर्माण समितिले राजधानी पुगेर विभिन्न राजनीतिक दलहरु र तीनका शिर्षनेताहरुलाई ज्ञापनपत्र बुझाई रहेका छन् ।



यसैसाता निर्माण समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाको नेतृत्वमा गएको टोलीले खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोग, नेकपा माओबादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक गिरीराजमणी पोख्रेल, नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला, नेकपा एमालेका नेता झलनाथ खनाल, लगायतलाई ज्ञापनपत्र बुझाईसकेका छन् । यसैगरी भोलि आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको ताजपुरियाले जनाए । टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने जनाइएको छ ।

तस्वीर - ज्ञापन पत्र बुझाएपछि सामूहिक तस्वीर खिचाउँदै रङ्गशालाको एक टोली।



Comments