सवारी दुर्घटनामा नौ जनाको मृत्यु




१ साउन, दमक।
सवारी दुर्घटनाबाट झापाको दमक आसपासका क्षेत्रमा विगत तीन महिनाको अवधिमा नौ जनाको मृत्यु भएको छ ।
सो अवधीमा भएका १०३ वटा विभिन्न सवारी दुर्घटनाहरुमा परी ४ महिलासहित ९ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ती दुर्घटनामा १०२ जना घाइते भएको दमक प्रहरी प्रमुख डिएसपी इश्वर कार्कीले जानकारी दिए।



यसैगरी इलाका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधनहरुलाई कारवाही गरी गत आर्थिक बर्ष २०७१/०७२ मा ८ लाख ५६ हजार ६ सय रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयले सो बर्षभरी ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न खाले २ हजार ६ सय सवारी साधनहरुलाई कारवाही गरेको थियो ।




Comments