रङ्गशालाको नाम सच्याउन माग




२ साउन, दमक।
किरात याक्थुङ चुम्लुङ दमक नगर समिति र संघीय विद्यार्थी यूनियन जिल्ला कार्यसमिति झापाले लखनपुरस्थित आदिवासी जनजाति रङ्गशालालाई मदन भण्डारी रङ्गशाला बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । आज छुट्टाछुट्टै विज्ञप्ती निकालेर उनीहरुले आदिवासी जनजाति रङ्गशालालाई नै नामेट हुने गरी मदन भण्डारीको नाममा रङ्गशाला बनाउने सरकारी कदमको निन्दा गरेका छन्।



चुम्लुङ नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फे र यूनियनका जिल्ला अध्यक्ष अशोक घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमा आदिवासी जनजातिहरुको पहिचानसँग जोडिएको सो रङ्गशाला निर्माण गर्नका लागि सरकारले हेर्ने दृष्टिकोण अझै समावेशी हुन नसकेको उल्लेख छ।
ती दुवै संगठनले आदिवासी जनजातिहरुको नाममा बजेट छुट्याइदिन दिनसमेत माग गरेका छन् ।




Comments