निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई - आयुक्त शर्मा



२४ असार, दमक।
निर्वाचन आगोगकी आयुक्त इला शर्माले निर्वाचनको मिति तोक्ने सवै अधिकार आयोगलाई हुनुपर्ने बताएकी छिन् । झापाको दमकमा विहीवार विहान यहाँका पत्रकारहरुसँग कुराकानी गर्दै आयुक्त शर्माले आयोगले नै मिति तोक्ने चलन संसारभरी कायम रहेको प्रष्ट्याउँदै त्यस्तो अधिकार दिनुपर्ने बताइन् ।
धेरै विकसित मुलुकहरूमा निर्वाचन आयोगलाई नै देशको सवैखाले निर्वाचन गर्ने अधिकार दिने गरेको र नतिजा पनि झनै राम्रो आउने गरेको आयुक्त शर्माको भनाई थियो ।



उनले आयोगले मस्यौदा संविधानमा निर्वाचनको मिति तोक्नेसँगै निजामती सेवाभित्रै कर्मचारीको अलग्गै निर्वाचन समूह व्यवस्था गर्न र निर्वाचन आयोगको बजेट संसदले पारित गरी महालेखाबाट अडिट हुने व्यवस्था गर्न सुझाव राखिन्। उनले भनिन्, 'कर्मचारीलाई कामको मूल्यांकनको आधारमा पुरस्कार वा दण्डको व्यबस्था गर्न अलग्गै निर्वाचन समूह खडा गर्न जरुरी भएको छ ।'
शर्माले जुनसुकै निर्वाचनको पनि मिति घोषणा भएको चार महिनापछि चुनाव गर्न आयोग सक्षम रहेको पनि स्पष्ट पारिन् ।
शर्मा सामाजिक बिषयका शिक्षकहरुका लागि निर्वाचन शिक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गर्न झापाको दमकमा आएकी हुन्। ।

तस्वीर - आयुक्त शर्मा






Comments