उर्लाबारीमा चार सञ्चारकर्मी पुरस्कृत हुने




उर्लाबारी।
सञ्चार क्लव नेपालको आगामी साउन ३० गते हुने १२ औं अधिवेशनमा ४ जना पत्रकार पुरस्कृत हुने भएका छन् ।
प्रत्येक बर्ष प्रदान गरिने गोमा-लीला आचार्य स्मृति पत्रकारिता पुरस्कार सुनसरीकी पत्रकार सिता मादेम्बा र उर्लाबारीका पत्रकार इश्वरी भट्टराईलाई प्रदान गर्ने क्लबले निर्णय गरेको छ । मादेम्बालाई सक्रिय र भट्टराईलाई उदयमान पुरस्कार प्रदान गर्ने निर्णय भएको क्लबका अध्यक्ष रुपेन्द्र शेर्माले जानकारी दिए ।



त्यस्तै क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले आफ्ना आमाबुवाको स्मृतिमा दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । सञ्चार क्लबको विकास र पत्रकारितामा योगदान पुर्‍याएको भन्दै क्लबका अध्यक्ष रुपेन्द्र शेर्मा र कोषाध्यक्ष ज्योति चौहानलाई पुरस्कृत गर्ने घोषणा उनले गरेका हुन् । सबै पुरस्कारको राशी जनही ५/५ हजारको रहेको जनाइएको छ ।
शनिबार बसेको क्लबको बैठकले क्लबका पूर्व सल्लाहकार जयधर्म आचार्यको संयोजकत्वमा सञ्चार क्लवको भवन निर्माण तथा जग्गा खोजबिन समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा दुर्गाप्रसाद खतिवडा र कोषाध्यक्षमा मदनबाबु प्रसाईं रहेका छन् । त्यस्तै सदस्यहरुमा पूर्वअध्यक्षहरु जगन्नाथ भट्टराई, केदार चौहान, घनश्याम भण्डारी, पूर्व सल्लाहकार महेन्द्रजंग तामाङ र भूपाल जिमीलाई चयन गरिएको छ ।
यस्तै, १२ औं अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि क्लबका पूर्वअध्यक्ष मदनबाबु प्रसाईंलाई प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयमा जगन्नाथ भट्टराई र केदार चौहानलाई नियुक्त गरिएको छ ।





Comments