पत्रकारिता तालिम सम्पन्न



३० असार, दमक।
झापाको दमकमा संचालित तीन दिने अधारभूत पत्रकारीता तालिम समापन भएको छ । नेपाल प्रेस यूनियन क्षेत्रीय समिति माईपश्चिमको आयोजनामा दमकमा भएको सो तालिमको बुधवार समापन भएको हो ।
समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सभापति भिम नेम्वाङको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले महासंघ पत्रकारहरुको क्षमता अभिबृद्धिमा लागिरहेको उल्लेख गर्दै पत्रकारीता क्षेत्रमा प्रबेश गर्नुअघि राम्रो दक्षताको आवश्यकता हुने बताए । महासंघ सदैव पत्रकारहरुको हित रहने संस्था भएकाले न्युनतम पारिश्रमिक पनि नपाइरहेका पत्रकारहरुको हितमा सदैव लाग्नेसमेत उनले बताए ।



क्षेत्रीय अध्यक्ष विष्णु सुव्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल कांग्रेस झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति शेर वहादुर भट्टराई, प्रशिक्षक उमाकान्त खनाल, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल गड्तौला, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोख्रेल लगायतले बोलेका थिए । यसैगरी सहभागिहरुको तर्फबाट ओम प्रकाश गौतम र हेमकला न्यौपानेले तीन दिनसम्म चलेको तालिम अति नै फलदायी रहेको बताए । २५ जना सहभागिहरुरहको सो तालिमलाई झापा अग्रज पत्रकारहरु उमाकान्त खनाल, केशब भट्टराई, चेतन अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन पत्रकार मंचका सचिव नगेन्द्रमणि न्यौपानेले गरेका थिए ।





Comments