चारजना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते




८ साउन, मोरङ।
मोरङको राजघाटमा बिहिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन्।
उर्लाबारी बरडंगा सडकअन्तर्गत मोरङको राजघाट ८ मा राति करिब १० बजेतिर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १८ प ४८७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पाछाडि सवार उर्लाबारी ४ का २२ बर्षिय दिपक बाँतरको उपचारको क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएको हो।


दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ४ का २२ बर्षिय राजु खड्का र मोटरसाइकलमा पछाडि सवार राजघाट ८ का २३ बर्षिय निर्मल बराल र २२ बर्षिय अजित पाण्डे घाइते भएका छन्। उनीहरुको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। घाइते तीनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।



Comments