दुई आरोपी पूर्पक्षका लागि थुनामा



७ साउन, दमक।
झापा दमकका ज्यान सम्बन्धी मुद्दाका एक महिलासहित दुई आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् ।
यसरी थुनामा जानेहरुमा दमक-१३ का २१ बर्षिय शंकर देवान र दमक-१५ की ३५ बर्षिया पूजा गहतराज रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
जिल्ला अदालत झापाको आदेशमा ती दुई आरोपी कारगार चलान भएको इप्रका दमकका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार देवान दमक-१३ को ज्यान मुद्दामा र अर्की पूजा भने आफैले जन्माएको शिशु मारेर फ्याँकेको भन्दै कर्तव्य ज्यानसम्बन्धी मुद्दामा समातिएका थिए ।




Comments