आदिकविको शालिक अनावरण



२ साउन, दमक।
झापाको दमकमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । दमक-११ स्थित मामा चोकमा भानुभक्त आचार्यको अर्धकदको शालिक निर्माण गरिएको हो ।
आज एक कार्यक्रमका बीच नवनिर्मित शालिकको नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरेका छन्। शालिक अनावरण गर्दै उनले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल तथा विभिन्न श्रष्टाहरुले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा भानुभक्त आचार्यको योगदान स्मरणीय रहेको बताए।



तीन महिना अघिदेखि निर्माण शुरु गरिएको सो अर्धकदको शालिक निर्माण गर्न दमक नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ । यससँगै दमकको चोक र वजार क्षेत्रमा किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रिय विभूति शंखध्वर शाख्वाको स्मृतिमा शालिक स्थापना भइसकेका छन् ।
यसैगरी दमक-११ को थानारोड पूर्वको मार्गमा समेत कवि लेखनाथ पौडयालको स्मृतिमा अर्धकदको शालिक बनाउन स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।




Comments