नवगठित खुदुनाबारी बिर्तामोड सम्पर्क मञ्चद्वारा राहत प्रदान



२१ असार, बिर्तामोड ।
झापाको खुदुनाबारीका बाढी पीडितलाई खुदुनाबारी बिर्तामोड सम्पर्क मञ्चले राहतस्वरुप नगद बितरण गरेको छ । मञ्चका अध्यक्ष कुबेर श्रेष्ठ (अरुण) सहित समाजसेवी युवाहरुको नेतृत्वमा गएको टोलीले पीडित १५ परिवारलाई ६६ हजार रुपैयाँ बितरण गरेको हो ।
बाढीबाट भएको क्षतिका आधारमा २ हजार ५ सयदेखि १० हजार रूपैयाँसम्म बितरण गरिएको मञ्चका आर्थिक संयोजक अर्जुन उप्रेतीले बताए । तटबन्धनका लागि खुदुनाबारीमा गठित बिपद ब्यवस्थापन समितिका सदस्य राजन मैनालीमार्फत राहत प्रदान गरिएको उप्रेतीले बताए । मञ्चबाट राहत लिनेहरुमा खुदुनाबारी १ का मानबहादुर बिश्वकर्मा, नारद अधिकारी, हेमबहादुर लिम्बु, बिष्णुप्रसाद मिश्र, धनबहादुर देवान, प्रकाश तिम्सिना, देवी सिलवाल, चुडामणि अधिकारी, सन्त खड्का, पंकज गजमेर, मिलन मगर रहेका छन् ।



यसैगरी खुदुनाबारी ४ बेल्टारमा भएको क्षतिबाट पीडित बेद प्रकाश भण्डारी, याम लिम्बु, बिमला उपरकोटी र सो क्षेत्रको तटबन्ध निर्माणका लागि १५ हजार रुपैयाँ सहयोग गरेको मञ्चका सचिब सुस्मा घिमिरेले बताइन् ।

बिर्तामोडमा रहेका खुदुनावारीवासीको पहलमा गएको शुक्रबारमात्र बिर्तामोड खुदुनावारी सम्पर्क मञ्चको चयन भएको थियो । शुक्रवार बिर्तामोडमा आयोजित एक भेलाले मञ्चको गठन गरेको हो । अरुण श्रेष्ठको अध्यक्षतामा गठित समितिको सचिवमा सुस्मा घिमिरे र आर्थिक संयोजकमा अर्जुन उप्रेतीलाई सर्वसम्मत चयन गरेको थियो भने समितिको सदस्यहरुमा मन बहादुर मगर, चन्द्र ढकाल, धन बहादुर कन्दङवा, चन्द्रा घिमिरे, आरती श्रेष्ठ, कृष्ण उप्रेती, जीवन लिङदेन, दिवस राई, कुसुम कार्की, नोबेम्बर नेम्वाङ लगायत रहेका छन् ।



Comments