बर्षाका कारण विद्यालयमा क्षति





३० असार, बेलडाँगी।
गए राति परेको भिषण बर्षाले झापाको दमक वडा नं. ५ को चुलाचुली निमाविमा भौतिक क्षति पुर्‍याएको छ । भिषण बर्षाबाट जम्मा भएर आएको पानीले विद्यालयको उत्तर पटिको करिव ८० मिटर पर्खाल पूर्णरुपमा भत्काएको छ । पर्खाल भत्काएर भित्र पसेको पानीले विद्यालयमा भएका किताव, कापी तथा अन्य कागजात भिजेर नष्ट भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम चौहानले बताए



यस्तै पानीको बहावका कारण भूटानी शरणार्थी शिविर वेलडाँगी २ का केही भाग डुवानमा परेको छ । राति परेको पानीले वेलडाँगी २ सेक्टर सी/४ र सी/१ का करिव ४० घर डुवानमा परेको सहायक शिविर सचिव मनमाया राईले जानकारी दिइन्।



डुवानका कारण धेरै घर परिवारले खानासम्म पकाएर खान नपाएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Comments