भानु जयन्तीमा रामायण वाचन प्रतियोगिता




२९ असार, दमक।
आदिकवि भानुभक्त आचार्यको २०२ औं जयन्तीको अवसर पारेर झापाको दमकमा मंगलवार रामायण तथा कविता वाचन प्रतियोगिताको आयोजना गरिएको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान केन्द्रीय कार्यालय साहित्य उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा १० जना प्रतियोगीहरुले कविता बाचन गरेका थिए भने ५० भन्दा बढिले रामायण बाचन गरेका थिए । प्रतियोगितात्मक रुपमा सञ्चालन गरिएको कविता बाचन प्रतियोगितातर्फ लुना न्यौपाने प्रथम, पुष्प न्यौपाने द्वितीय र त्रिलोचन उप्रेती तृतिय भए।
यसैगरी रामायण वाचन प्रतियोगितातर्फ कृष्ण न्यौपाने प्रथम, खड्ग कुमारी भुजेल द्वितीय र रेणुका भट्टराई तृतीय भएको आयोजकले जनाएको छ ।




साहित्य उपसमितिका संयोजक नरपति पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षासेवी छविलाल सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो । समितिका सदस्य विष्णु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा साहित्य कला संगमका सल्लाहकार दक्षराज शर्मा, उपाध्यक्ष हेमनाथ अधिकारी, सदस्य प्रणकुमार श्रेष्ठ, समाजसेवी धन बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सोही दिवसका अवसरमा प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सिताराम खतिवडाले जानकारी दिए ।

तस्वीर - प्रतियोगितामा रामायण वाचन गर्दै एक बृद्धा।





Comments